१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

झापा गोल्डकप : टिकट बिक्रीबाट २१ लाख ४६ हजार सङ्कलन



बिर्तामोड-झापा गोल्डकपले शनिबारसम्म टिकट बिक्रीबाट २१ लाख ४६ हजार नाै सय रुपैयाँ सङ्कलन गरेको छ । सेमिफाइनलसम्मको समीकरण पूरा भइसक्दा उक्त रकम सङ्कलन भएको गोल्डकप व्यवस्थापनले जनाएको हो ।

झापा गोल्डकपमा २००, ३०० र ४०० टिकट दर तोकिएको छ। झापा गोल्डकपको सचिवालयका अनुसार शनिबार झापा ११ र चर्च ब्वाइज युनाइटेड बीचको अन्तिम सेमिफाइनलमा सबैभन्दा धेरै ६ लाख ५० हजार ३०० संकलन भएको छ ।

यसअघि झापा गोल्डकपको पाँचौं संस्करणकाे फाइनलमा २२ लाख६४ हजार ८९० रुपैयाँ संकलन भएको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार ००:००  १ : २९ बजे