बिर्तामोड-बिर्तामोड नगरपालिकाले उत्कृष्ट दुई जना कर्मचारीलाई शनिवार सम्मान गरेको छ । नगद पाँच हजारसहित दोसल्ला ओढाएर उनीहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमा बिर्तामोड नगर अस्पतालकी सिअनमी अधिकृत ओमकुमारी गुरुङ र बिर्तामोड नगर अस्पतालका निरीक्षक अजय विश्वकर्मा रहेका छन् ।
स्वास्थ्य सेवाका विभिन्न कार्यक्रमलाई प्रर्वधन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेवापत सम्मान गरिएको नगरका स्वास्थ्य शाखा प्रमुख राजिव कृष्ण विष्टले बताए ।
कार्यवहाक नगर प्रमुख नगेन्द्रप्रसाद संग्रौला, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, कार्यपालिका सदस्य यमुना आचार्य, स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटी लगायतले सम्मान गरेका हुन् ।