१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

खेतमा काम गर्न गएका मर्डीको मृत्यु



बाह्रदशी-खेतमा काम गर्न गएका झापा बाह्रदशीका एक व्यक्तिको आइतवार अपरान्ह मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी–४ का ६० वर्षीय जितु मर्डी रहेका छन् ।

मादक पदार्थ सेवन गरेर खेतीको काममा गएका बेला उनको अचानक मृत्यु भएको चकचकी प्रहरीले जनाएको छ । उनी खेतमा आली लगाउन गएका थिए ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार ००:००  ९ : ४९ बजे