१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

बिर्तामोडमा केक काटेर मनाइयाे राष्ट्रिय सहकारी बैंककाे स्थापना दिवस



बिर्तामोड-राष्ट्रिय सहकारी बैंक बिर्तामोड शाखाले शुक्रबार बैंकको २१ औँ स्थापना दिवस मनाएको छ । बिर्तामोडस्थित आफ्नै कार्यालयमा केक काटेर स्थापना दिवस मनाइएकाे शाखा प्रमुख विवेक डाँगीले बताए ।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक महेन्द्रकुमार गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न सहकारी संस्थाका प्रतिनिधिकाे सहभागिता रहेको थियो ।

सञ्चालक गिरीका अनुसार राष्ट्रिय सहकारी बैँकले देशभरका ६८ शाखा कार्यालयमार्फत सदस्य संस्थालाई वित्तिय सेवा दिँदै आएको छ । राष्ट्रिय सहकारी बैंकमा १६ हजार सहकारी संस्था सदस्य छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार ००:००  २ : ०९ बजे