१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजकमा मुस्ताङ वियर




भद्रपुर- पहिलो संस्करणको भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजकमा मुस्ताङ वियर रहने भएको छ । चौधरी ग्रुपको उत्पादन मुस्ताङ टाइटल स्पोन्सर रहने गरी मंगलवार सम्झौता भएको हो ।

अब ‘मुस्ताङ भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ गोल्डकपका अध्यक्ष दीपेश ढकालले बताए । सम्झौतामा गोल्डकपका अध्यक्ष ढकाल र मुस्ताङका तर्फबाट नेसनल सेल्स हेड युवराज खत्रीले हस्ताक्षर गरेका छन् । ।

प्रतियोगिता फागुन ७ गतेदेखि १६ गतेसम्म भद्रपुरस्थित मेची रंगशालामा हुनेछ । रंगशालामा करिब २० हजार दर्शक बस्न सक्ने गरी स्थायी प्यारापिटको मर्मत तथा रङरोगन सम्पन्न भएको छ ।

पहिलो संस्करणको भद्रपुर झापा गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगितामा आयोजक भद्रपुर झापा ११, नेपालका तीन विभागीयसहित ६ वटा डिभिजन क्लब र भारत, भुटान र बंगलादेशका तीन विदेशी क्लबको सहभागिता रहनेछ ।

कार्यक्रममा संरक्षक भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले प्रतियोगिताको आयोजनाले भद्रपुर तथा दक्षिणी झापामा उत्साह छाएको बताए ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार ००:००  १० : १७ बजे