१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

बीमा बोर्डले घटायो ओपीडी र आकस्मिक शुल्क



काठमाडौँ– स्वास्थ्य बीमा बोर्डले बीमा अन्तर्गत रहेको ओपीडी र आकस्मिक शुल्क घटाएको छ । बोर्डले माघ ८ गतेदेखि लागू हुने गरी नयाँ शुल्क निर्धारण गरेको हो ।

बोर्डको आइतबार बसेको बैठकले पुरानो शुल्कलाई भारी मात्रामा घटाउँदै नयाँ शुल्क निर्धारण गरेको छ । नयाँ निर्णय अनुसार अब बीमामा आवद्ध भएका व्यक्तिको ओपीडीमा ५० रुपैयाँ र आकस्मिक सेवाको टिकटका लागि १०० रुपैयाँ लाग्ने छ ।

यसअघि ओपीडीमा २०० रुपैयाँ र आकस्मिक सेवामा ४०० रुपैयाँ शुल्क तोकिएको थियो ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार ००:००  ९ : ४३ बजे