७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

हरिवंशले ल्याए, ‘ए केटा मादलु पड्का’



बिर्तामोड-हाँस्य अभिनेता हरिवंश आचार्यले नयाँ गीत ‘ए केटा मादलु पड्का’ ल्याएका छन् । आफ्नै शब्द, संगीत र स्वरमा रमाइलो शैलीको यो गीतमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन् ।

यसअघि आचार्यले चार महिनाअघि शान्तिश्रीसँगकै सहकार्यमा ‘काउली’ बोलको लोक लयको गीत ल्याएका थिए । पछिल्लो यो गीतमा पनि ‘काउली’ कै कलाकार दोहोरिएका छन् ।

गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र हरिवंशसँगै गायक तथा निर्देशक सरोज ओलीले अभिनय गरेका छन् । नवराज उप्रेतीको छायाङ्कन, भूपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडिओ निर्देशन गम्भीर विष्टले गरेका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार ००:००  ८ : ४२ बजे