१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

वडाले विद्यालयलाई दियो अटो रिक्सा : भाडामा लगाएर शिक्षक पाल्ने योजना



सतासीधाम-झापाको शिवसताक्षी नगरपालिका–८ ले स्थानीय अरुणोदय आधारभूत विद्यालयलाई विद्युतीय अटो (ई–रिक्सा) उपलब्ध गराएको छ । बिहीबार वडाध्यक्ष सन्तकुमार फेउदिनले विद्यालयलाई अटो रिक्सा हस्तान्तरण गरेका हुन् ।

वडाध्यक्ष फेउदिन, वडा सदस्य टीकामाया दर्जी, विवेक थिङ, ज्ञानु लुइँटेल र वडा सचिव पुष्पलाल पाण्डेले विद्यालयकी प्रधानाध्यापक तारा लावती र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश सिलवाललाई विद्युतीय अटो रिक्साको साँचो हस्तान्तरण गरेका छन् ।

सम्झना चोक, डाँडा गाउँ, मुसर बस्ती लगायत टाढाबाट आउने विद्यार्थीलाई आउन जान विद्युतीय अटो रिक्साले सहयोग पुग्ने विद्यालयकी प्रधानाध्यापक लावतीले बताइन् । विद्यालयले विद्युतीय अटो रिक्सा सञ्चालनका लागि विपन्न अभिभावकलाई जिम्मा दिने भएको छ ।

बिहान बेलुका विद्यार्थी ल्याउने र दिउँसो अरु यात्रु बोक्ने गरी अटो रिक्सा सञ्चालन गर्न दिन लागिएको हो । त्यसबापत विद्यालयले दैनिक तीनसय रुपैयाँ प्राप्त गर्छ । विद्युतीय अटो रिक्सा चालकले दैनिक तिरेकोे रकमबाट विद्यालयले एक जना निजी शिक्षक नियुक्त गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार ००:००  १० : ०१ बजे