५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

बिर्तामोडबाट ४५ दिनमा समातिए १७ लागूऔषध प्रयोगकर्ता



बिर्तामोड-झापाको बिर्तामोडबाट पछिल्लो ४५ दिनमा १७ जना लागूऔषध प्रयोगकर्ता पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका प्रयोगकर्ताका साथमा लागूऔषध ब्राउन सुगर र गाँजा भेटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए । पक्राउ परेका सबै पुरुष छन् ।

प्रहरीले पछिल्लो ४५ दिनमा प्रयोगकर्ताविरुद्ध १० ओटा मुद्दा दायर गरिएको जनाएको छ । प्रयोगकर्तासँग २२ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर भेटिएकोे छ । चार किलो गाँजा पनि प्रहरीले बरामद गरेको डीएसपी कार्कीले बताए ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार ००:००  ८ : २९ बजे