१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

कात्तिक २२ मा महासमिति निर्वाचन



बिर्तामोड-नेपाली कांग्रेस महासमिति सदस्यको निर्वाचन कात्तिक २२ गते शुरु हुने भएको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको अध्यक्षतामा बसेको विस्तारित बैठकले २२ गते महासमिति सदस्यको निर्वाचन प्रक्रिया शुरु गर्ने निर्णय गरेको हो ।

झापाका पाँचवटै क्षेत्रबाट ११÷११ जना गरी ५५ जना महासमिति सदस्य उक्त निर्वाचनबाट निर्वाचित हुनेछन् । प्रत्येक क्षेत्र–क्षेत्रमा हुने निर्वाचनका लागि निर्वाचन अधिकृत तय गरिएको छ ।

२२ गते प्रारम्भ भएको निर्वाचन सहमतिमा महासमिति सदस्य चयन भएमा २२ गते नै समाप्त हुनेछ भने सहमति नभएको अवस्थामा २३ गते मतदान हुने र सम्बन्धित क्षेत्रका क्षेत्रीय प्रतिनिधिले मत दिनेछन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ००:००  ७ : ४५ बजे