१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

२८ गते सार्वजनिक बिदा दिने निर्णय



झापा–सरकारले भदौ २८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा सरकारले बिहीवार सार्वजनिक बिदा दिन लागेको हो ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति जारी गर्दै नेम्वाङको अन्तिम संस्कारका दिन सार्वजनिक बिदा दिने जानकारी दिएका हुन् ।

मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेता नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

बिहीबार नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार ००:००  ७ : १३ बजे