झापा-आयातका कारण स्वदेशी उत्पादन सङ्कटमा परिरहेका बेला सरकारले भने गुट्खा उद्योगलाई सुपारी आयातको अनुमति दिएको छ ।
स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नुको सट्टा सरकारले बाहिरबाट सुपारी आयात गर्न दिने निर्णय गरेको हो । स्वदेशी उत्पादन भने न्यून मूल्यमा अवैध बाटोबाट भारत लैजानु पर्ने बाध्यता छ ।
छ वटा गुट्खा उद्योगको क्षमता वृद्धि गर्न सहमति दिँदै औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको बैठकले सुपारी आयातका लागि अनुमति दिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको नेतृत्वमा बसेको बैठकले उद्योग विभागमा उद्योगीले गरेको आवेदन बमोजिम सुपारी आयातका लागि अनुमति दिने निर्णय गरेको छ ।
उद्योग विभागका महानिर्देशक बाबुराम गौतमका अनुसार सुर्तिजन्य उद्योगको क्षमता वृद्धि गर्न दिने निर्णय भएको छ । गुट्का उद्योगको मुख्य कच्चा पदार्थ सुपारी हाे ।
चार वर्षअघि आयातमा पूर्ण बन्देज लगाए पनि सरकारले सुपारी लगायतका वस्तुको आयात खुला गर्ने तयारी गरेको छ ।