१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

झापाको भद्रपुरबाट ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ



झापा– लागुऔषध ब्राउनसुगरसहित प्रहरीले शुक्रबार दिउँसो झापाको भद्रपुरबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल खाेरीवारी थाना घर भएका २२ वर्षीय शिवु घाेष र सोही ठाउँकी २६ वर्षीया श्यामली सोरेन छन् ।

लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँ र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको संयुक्त प्रहरी टोलीले सुराकीका आधारमा उनीहरुलाई समातेको हो ।

झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार पक्राउ परेकाहरुकाे साथमा १९४ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर फेला परेको छ ।

झापाको भद्रपुरस्थित क्याम्पस मोडबाट उनीहरु समातिएका हुन् । साइकलमा हिँडिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार ००:००  ९ : २३ बजे