६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

सत्ता समीकरण बलियो छ : एमाले अध्यक्ष ओली



कनकाई-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता समीकरण बलियो रहेको बताएका छन् । उनले सानातिना घटनाले सत्ता समीकरणमा कुनै फेरबदल नआउने बताए।

झापाको कनकाईमा मंगलबार आयोजित एमाले झापाको पहिलो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सत्ता समीकरणलाई जुनसुकै हातमा टिकाएर लैजान एमाले प्रतिबद्ध रहेको उल्लेख गरे ।

एमालेले कुन मन्त्रालय लियो र कुन मन्त्रालय लिएन भन्ने महत्वको विषय नभएको जनाउँदै अध्यक्ष ओलीले अर्थमन्त्री गृहमन्त्री र सरकार हाम्रै हो भन्ने कुरा सोच्नुपर्ने बताए ।

एमाले अध्यक्ष ओलीले अहिलेको सत्ता समीकरण बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साहसिक निर्णय लिएको पनि बताए ।

देश र जनताको हितका लागि एमालेले चुनाव जित्न जरुरी भएको धारणा राख्दै अध्यक्ष ओलीले मिसन ८४ राजनीतिक सुझबुझपूर्ण गन्तव्य भएको उल्लेख गरे ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार ००:००  ४ : ०७ बजे