झापा-संघीय मामिला तथा प्रशासन मन्त्री अमनलाल मोदी सरकारबाट बाहिरिएका छन् । नेकपा माओवादी केन्द्रले मन्त्री मोदीलाई सरकारबाट फिर्ता बोलाएको हो ।
बालुवाटारमा आइतवार बसेको माओवादी पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । जनमत पार्टीलाई सरकारमा ल्याउन मोदीको पद खोसिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार अन्तिम साता माओवादीको कोटामै जनमतलाई सरकारमा ल्याउने गरी सत्ता गठबन्धनमा सहमति गरेका थिए ।