बिर्तामोड– संवाद समूहले झापाको बिर्तामोडमा आज चिया क्षेत्रका समस्या र सवालका विषयमा पत्रकारसँग कार्यशाला आयोजना गरेको छ ।
चिया उद्यमी, किसान, मजदूर संघ संगठन र राष्ट्रिय चिया तथा कफी विकास बोर्ड लगायतका सराेकारवालालाई बाेलाएर संवाद समूहले कार्यशाला आयाेजना गरेको हो ।
प्रदेश १ सरकारका कृषि तथा सहकारी मन्त्री भक्ति सिटाैलाकाे प्रमुख आतिथ्यमा कार्यशाला सञ्चालन भइरहेको छ ।


















