१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

डेढ वर्षपछि विवेकशील साझा पार्टीमा फर्किइन् रञ्जु दर्शना



काठमाडौँ- करिव डेढ वर्ष पार्टीबाट अलग रहेकी रन्जु दर्शना विवेकशील साझा पार्टीमा फर्किएकी छन् । बिहीबार साँझ सामाजिक सञ्जालमार्फत उनले पार्टीमा फर्किएको जानकारी दिएकी हुन् ।

शुक्रबार र शनिबार हुने महाधिवेशनबाट एकीकृत र सशक्त पार्टी निर्माणमा लाग्न प्रतिवद्ध रहेको उनले बताएकी छन् । विवेकशील साझा पार्टीले आफ्नो पहिलो महाधिवेशन माघ २७ गतेदेखि काठमाडौंमा गर्दैछ ।

करिब डेढ वर्ष स्वतन्त्र रहेको म, विवेकशील साझा पार्टीबाटै दलीय राजनीति पुनारम्भ गर्दैछु । भोलि र पर्सि (२७–२८) गते हुने विसापाको महाधिवेशनबाट एकीकृत र सशक्त पार्टी निर्माणमा लाग्न म पनि प्रतिवद्ध छु’, उनले लेखेकी छन् ।

गएको निर्वाचनमा काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिएकी उनले निराशाजनक मत पाएकी थिइन् । रन्जुले चुनाव चिह्न सेलरोटी लिएकी थिइन् । २०७४ को स्थानीय चुनावमा विवेकशीलबाट चुनाव लड्दा उनले राम्रो मत पाएकी थिइन् ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार ००:००  ९ : ५५ बजे