२ असार २०८२, सोमबार | Tue Jun 17 2025

उर्लावारीमा भएको आगलागी घटनाका एक घाइतेको मृत्यु



बिर्तामोड-मोरङको उर्लावारीमा अघिल्लो साता भएको आगलागीमा परी घाइते भएकामध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । घाइतेमध्ये उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको मंगलबार बिहान निधन भएको हो ।

मोरङ प्रहरीका प्रवक्ता प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा पण्डितको निधन भएको बताए । उनका अनुसार घटनामा घाइते भएका अधिकांशको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

उर्लावारीका दीपक कार्कीले आफ्नै घरमा सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट लक्ष्मी पूजाको राति आगलागी सुरु भएको थियो । आगो निभाउन खटिएकामध्ये २८ जना घाइते भएका थिए ।

घाइतेमध्ये गम्भीर अवस्थाका आठ जनाको अहिले पनि आइसीयूमा उपचार भइरहेको डीएसपी दाहालले बताए । प्रहरीका अनुसार आगलागीबाट ३ करोड ४१ लाखको क्षति भएको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार ००:००  ८ : ३२ बजे