२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

प्रहरीसँगको भिडन्तमा २९ जना माओवादीको मृत्यु



झापा-प्रहरीसँगको भिडन्तमा २९ जना माओवादी मारिएका छन् । माओवादी प्रभावित भारतको छत्तीसगढमा भिडन्त भएको हो ।

भारतीय प्रहरीका अनुसार भिडन्तपछि मुडभेडस्थलबाट २९ जना माओवादीको सब फेला परेको छ । भिडन्तमा तीन सुरक्षाकर्मी घाइते भएको बीबीसीले जनाएको छ।

यसअघि प्रहरीले १८ माओवादी मारिएको दाबी गरेको भएपनि मृतकको सङ्ख्या बढेको हो । अप्रिल १९ मा लोकसभाका लागि मतदान हुन लागेका बेला मुडभेड भएको छ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार ००:००  ८ : २८ बजे