७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

रोजगारीको खोजीमा विदेशिए आठ लाख युवा



झापा- रोजगारीको खोजीमा गएको आर्थिक वर्ष २०७९/८० मा झण्डै आठ लाख युवा विदेशिएका छन् । ७ लाख ७१ हजार भन्दाबढी युवा वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

गत आर्थिक वर्षमा ६ लाख ३७ हजार १३३ जना श्रमिक विदेशिएका थिए । यो वर्ष १ लाख ३४ हजार २१४ जना बढी युवाले विदेशमा काम गर्न श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागका प्रवक्ता गुरुदत्त सुवेदीले बताए ।

आर्थिक वर्ष २०७१/७२ पछि लगातारजसो घटिरहेको वैदेशिक रोजगारीमा जानेको संख्या कोभिड–१९ महामारीपछि भने फेरि उकालो लागिरहेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार ००:००  ८ : ३० बजे