भद्रपुर-जिल्ला प्रहरी कार्यालय झापाले अलग-अलग दुईवटा मुद्दाका फरार अपराधीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको भद्रपुरका दिनेश माझी र भारतको महाराष्ट्रका घर भई दमकमा बस्दै आएका अक्षय अंकुश पावर रहेका छन् ।
झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार माझी वन पैदावार ओसारपसार मुद्दाका फरार अपराधी हुन् ।
अक्षयलाई भने झापा जिल्ला अदालतले मुद्दामा चोरी मुद्दामा तीन महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । माझीलाई भने दुई महिना कैद र २३ हजार जरिवाना तोकिएको छ ।
अदालतको फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले दुई फरार अपराधीलाई पक्राउ गरेको र अदालतको आदेश बमोजिम कारागार चलान गरिएको प्रहरी प्रवक्ता डीएसपी रिजालले बताए ।