८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

आफूले कानुन उलङ्घन नगरेको मुख्यमन्त्री थापाको जिकिर



माेरङ-कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आफुले कानूनको उल्लंघन नगरेको बताएका छन् । सोमबार प्रदेश सभाबाट विश्वासको मत लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री थापाले यस्तो बताएका हुन् ।

उपसभामुख सिर्जना दनुवारका कारण समस्या निम्तिएको आरोप लगाउँदै मुख्यमन्त्री थापाले आफूले विश्वासको मत प्राप्त गर्नुलाई संवैधानिक या असंवैधानिक भन्ने सवालको जवाफ उपसभामुखले दिनुपर्ने बताए ‌।

प्रदेश सभा सदस्यलाई अध्यक्षता गर्ने जिम्मा दिँदै आफ्ना सांसदलाई बिदामा राखेर प्रदेशसभा खाली गर्ने उद्देश्यले उपसभामुख भागेको मुख्यमन्त्री थापाको आरोप छ ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार ००:००  ८ : ४७ बजे