११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

अर्थमन्त्री पुनलाई दुर्गा प्रसाईको चेतावनी



काठमाडौँ-मेडिकल व्यवसायी दुर्गा प्रसाईले बैंकको ब्याज नतिर्नेलाई पक्राउ गरेर देखाउन नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई चेतावनी दिएका छन् ।

बैंकको ऋण नतिर्ने अभियान चलाउनेलाई पक्राउ गर्ने अर्थमन्त्री पुनको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै व्यवसायी प्रसाईले यस्तो चेतावनी दिएका हुन् ।

बैंकले ब्याजदर बढाएर घरजग्गा लिलामी भएका जनताको पक्षमा आफू उभिएको बताउँदै प्रसाईले ऋण नदिनेहरुलाई पक्राउ गरेर देखाउन अर्थमन्त्री पुनलाई भनेका छन् ।

बिहीबार सिंहदरबारमा बैंकरहरूसँगको भेटमा अर्थमन्त्री पुनले बैंकको ऋण नतिर्न उक्साउनेहरूलाई सरकारले नियन्त्रणमा लिने आश्वासन दिएका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार ००:००  १० : ०५ बजे