बिर्तामोड-विप्लव नेतृत्वको नेकपा माओवादीले बिहीवार साँझ झापाको बिर्तामोडमा एमसीसीको विरोधमा कोणसभा गरेको छ । एमसीसी सम्झौता खारेज गर्न माग गर्दै माओवादीले विरोध सभा आयोजना गरेको हो ।
नेपालमा अमेरिकी हस्तक्षेप निम्तिने गरी दलहरुले एमसीसी सम्झौता गरेको विप्लव माओवादीको ठहर छ । अमेरिकाले भदौ १४ देखि नेपालमा एमसीसी सम्झौता कार्यान्वयनमा लैजान लागेपछि माओवादी विरोधमा उत्रिएको हो ।
झापाको बिर्तामोडस्थित मुक्तिचोकमा माओवादीले पुतला दहन गर्ने भएपछि प्रहरीले सुरक्षा तैनाथी बढाएको थियो । प्रहरी सुरक्षा घेरामा माओवादीले कोणसभा गरेको हो ।
एमसीसी सम्झौताबाट नेपाल पछाडि हट्नु पर्ने जनाउँदै कोणसभामा सहभागी केही माओवादी कार्यकर्ता अर्धनग्न अवस्थामा सडकमा उत्रिएका थिए ।