१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नेपालको बिजुली बंगलादेशलाई बेच्ने प्रधानमन्त्री दाहालको घोषणा



झापा-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चालु आर्थिक वर्षभित्रै बंगलादेशलाई नेपालको बिजुली बेच्ने बताएका छन् । भारतसँगको सहभागितामा बंगलादेशसँग विद्युत् व्यापार सम्वन्धी सम्झौताको तयारी भएको प्रधानमन्त्री दाहालले बताए ।

प्रधानमन्त्री दाहाल शुक्रवार नेपाल विद्युत् प्राधिकरणको ३८ औँ वार्षिक साधारणसभामा बोल्दै थिए । उनले अन्तरदेशीय प्रसारण संरचनाको निर्माणमा त्रिपक्षीय समझदारी जुटाएर अगाडि बढ्न सकिने विश्वास व्यक्त गरेका छन् ।

असोज पहिलो साता चीन भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री दाहालले चीनसँग ऊर्जा क्षेत्रमा दुरगामी महत्वका सम्झौता हुने पनि बताएका छन् ।

चिनियाँ लगानीकर्ताले धमाधम जलविद्युत आयोजनाबाट हात झिकिरहेका बेला प्रधानमन्त्री दाहालको यस्तो अभिव्यक्ति आएको हो । नेपाल र चीनबीच अहिलेसम्म विद्युत व्यापार सम्झौता हुने सकेको छैन् ।

दुई देशबीच विद्युत व्यापारका लागि प्रसारणलाइन समेत छैन् । भारतबाहेकका देशसँग नेपालले विद्युत व्यापार सम्झौता गरेको छैन् ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार ००:००  ७ : ३० बजे