७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

कोसी सिङगिङ तथा डान्सिङ स्टारको तयारी



बिर्तामोड-कोसी सिङगिङ तथा डान्सिङ स्टारको अडिसन भदौ ९ गतेबाट सुरु हुने भएको छ । झापा, मोरङ, सुनसरी र उदयपुरका विभिन्न स्थानमा अडिसन हुन लागेको हो ।

झापामा मेचीनगरको धुलावारी माविमा भदौ १५ गते र बिर्तामोडमा जीविएम स्कूलमा भदौ १६ गते अडिसन हुनेछ । सन मुन मोसन फिक्चर प्रालिको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताका बिजेताले एकलाख रुपैयाँ पुरस्कार र आफूले इच्छाएको कलाकारसँग म्यूजिक भिडियो खेल्ने र एल्वम रेकर्डिङ गर्ने अवसर प्राप्त गर्ने कार्यक्रम निर्देशक सञ्जय धमलाले बताए ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार ००:००  ८ : ४० बजे