झापा-क्षयरोगका कारण कोशी प्रदेशमा पछिल्लो ६ महिनामा ७९ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय धनकुटाले कोसीका १४ जिल्लामा साउनदेखि पुस मसान्तसम्म ७९ जनाको मृत्यु भएको जनाएको हो ।
क्षयरोग फोकल पर्सन तुलसीप्रसाद गुरागाईंले चालु आर्थिक वर्षको ६ महिनामा २ हजार २३ जनामा क्षयरोगको संक्रमण देखिएको जानकारी दिए । सबैभन्दा बढी क्षयरोगी झापा, मोरङ र सुनसरीमा छन् ।
स्वास्थ्य निर्देशनालयका अनुसार झापामा ५७९, मोरङमा ५२३ र सुनसरीमा ४७९ जना क्षयरोगी रहेका छन् । क्षयरोगीका लागि झापामा प्रादेशिक अस्पताल भद्रपुरमा निःशुल्क उपचार सेवा उपलब्ध छ ।