बिर्तामाेड– बिर्तामोड नगरपालिकाले नगर क्षेत्रका सार्वजनिक खाली जग्गामा वृक्षारोपणलाई अभियानका रुपमा सञ्चालन गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरपालिकाले सार्वजनिक खाली जग्गामा वृक्षारोपण गर्दै लैजाने नीति अगाडि सारेको हो ।
हरित नगर निर्माणका लागि सरोकारवाला सबैको भूमिका प्रभावकारी हुनुपर्ने जनाउँदै नगरपालिकाले त्यसमा सबैको योगदान रहने अपेक्षा पनि गरेको छ ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईले सार्वजनिक जग्गा बाहेक हरेक घरधनीले आफ्नो घरअगाडि कम्तीमा दुई वटा बिरुवा रोप्नु पर्ने नीति अगाडि सारिएको बताउनुभयो ।