बिर्तामोड- मोटरसाइकल चोरीमा संलग्न भएको अभियोगमा प्रहरीले इलाम चुलाचुलीका दुई युवालाई पक्राउ गरेको छ । चारी भएका मोटरसाइकलसहित ती युवा पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा चुलाचुली गाउँपालिका-३ स्थित मंगलसिद्दी बजारका २७ वर्षीय वीरबहादुर राई र सोही ठाउँको यलम्बर चोकका २१ वर्षीय मनोज राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार साउन २५ गते कमल गाउँपालिका ६ स्थित लखनपुरका अशोककुमार तामाङको घर अगाडि पार्किङ गरी राखेको मे ८ प ३४७८ र मे ९ प ८६६८ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।
दुईवटा मोटरसाइकल चोरी भएपछि पीडितले इलाका प्रहरी कार्यालय दमकमा उजुरी दिएका थिए ।