काँकडभिट्टा- भन्सार छलेर ल्याएको सामान प्रहरीले काँकडभिट्टा नाकाबाट बरामद गरेको छ । बुधवारराति प्रहरीले चारलाख ५० हजार मूल्य बराबरको सामान बरामद गरेको हो ।
झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले भन्सार छलेर ल्याउँदै गरेको कपडा प्रहरीले बरामद गरी मेची भन्सार कार्यालयमा दाखिला गरेको बताए ।
इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले ती कपडा बरामद गरेको हो ।