१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

चैतदेखि चिया बगान ठप्प पार्ने मजदूर संगठनकाे चेतावनी



बिर्तामोड– चिया मजदूर संगठनले चैतदेखि चिया क्षेत्र ठप्प पार्ने भएका छन् । सहमति अनुसार चिया मजदूरले ज्याला नपाएको भन्दै मजदूर संगठनले आन्दोलन गर्ने तयारी गरेका हुन् ।

संवाद समूहले झापाको बिर्तामोडमा आज आयोजना गरेकाे चिया क्षेत्रका समस्या र सवाल विषयक कार्यशालामा मजदूर नेता दीपक तामाङले चैतदेखि चिया क्षेत्र ठप्प पार्ने बताए ।

प्रदेश १ सरकारका कृषि तथा सहकारी मन्त्री भक्ति सिटाैलाकाे प्रमुख आतिथ्यमा भएको कार्यशालामा चिया उद्यमी, किसान, मजदूर संघ संगठन र राष्ट्रिय चिया तथा कफी विकास बोर्ड लगायतका सराेकारवाला सहभागी छन् ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार ००:००  ९ : ३३ बजे