१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

युरोपियन युनियनद्वारा नेपाललाई ११ अर्ब रुपैयाँ अनुदान



झापा– गुणस्तरीय शिक्षा सबैका लागि र जलवायु परिवर्तनमा स्थानीय अनुकूलनका विषयमा नेपालले ठूलो अनुदान सहयोग प्राप्त गर्ने भएको छ ।

युरोपेली युनियनले नेपाललाई करिब ११ अर्ब रुपैयाँ बराबरको अनुदान सहयोग दिन लागेकाे हाे । यस सम्बन्धी सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ ।

सरकारको विद्यालय शिक्षा कार्यक्रमलाई सहयोग पुग्ने गरी युरोपेली संघले अनुदान उपलब्ध गराउन लागेको हो । यसका लागि सात अर्व ३८ करोड रुपैयाँ प्राप्त हुनेछ ।

अर्थसचिव अर्जुन पोखरेलका अनुसार स्थानीय अनुकूलन पहलका लागि तीन अर्ब २५ करोड बरावरको अनुदान सम्झौता भएको हो ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार ००:००  ८ : २३ बजे