५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

कनकाईको कोटीहोममा दुर्घटना हुँदा एक जनाको मृत्यु



सुरुङ्गा– झापाको कनकाई नगरपालिका-४ कोटीहोममा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ ।

त्रिवेणी चोकको भित्री सडकखण्डमा गएराति साढे आठ बजे दुर्घटना भएको हो ‌। दुर्घटनामा स्थानीय शम्भु लिम्बूकाे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार मे३प ७०७९ नम्बरको मोटरसाइकलमा सवार लिम्बूलाई नम्बर नखुलेको पिकअपले ठक्कर दिएको थियो ‌।

घटनामा मोटरसाइकल चालक सोही ठाउँका सागर लिम्बू घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार ००:००  ९ : २४ बजे