सुनसरी–धरानमा सुनसरी जिल्लाको सबैभन्दा लामो झोलुंगे पुल निर्माण भएको छ । धरान उपमहानगरपालिका–५ स्थित अँधेरीखोलामा पुल निर्माण भएको हो ।
झोलुंगे पुलको शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उद्घाटन गरेका छन् । आँपटार र ठिंगबारी गाउँको बीचमा अँधेरी खोला छ ।
खोलामा दुई सय ३३ मिटर लामो सस्पेन्सन झोलुंगे पुल निर्माण भएको हो । एक करोड आठ लाख ४२ हजार ९१५ रुपैयाँ लागतमा उक्त पुल निर्माण भएको धरान–५ का वडाध्यक्ष मनप्रसाद लिम्बूले बताए ।