अर्जुनधारा–सहयात्रा ग्रुप नेपालले आइतवार अर्जनधाराको जनता माविमा लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना कार्यक्रम आयोजना गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी खुदुनाबारी उपशाखा र इलाका प्रहरी कार्यालय अनारमनीको सहकार्यमा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा २५० जना विद्यार्थी सहभागी भएका छन् ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्की, सहयात्रा ग्रुप नेपालका उपाध्यक्ष टीकाराम कट्टेल, अभियन्ता कृष्ण गौतम र पूर्व लागूऔषध प्रयोगकर्ता उत्सव ढकालले सहजीकरण गरेका छन् ।
सहयात्रा ग्रुप नेपालका अध्यक्ष तथा सञ्चारकर्मी तिलक योञ्जनको अध्यक्षतामा कार्यक्रम भएको हो । अर्जुनधारा–३ का अध्यक्ष सीताराम भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रधानाध्यापक जयप्रकाश भण्डारीले आफ्नो धारणा राखेका छन् ।
कार्यक्रममा अध्यक्ष योञ्जनले पछिलो समय समाजको मुख्य समस्याको रुपमा बढ्दै गएको लागुऔषध प्रयोगलाई न्युनीकरण गर्न सचेतना कार्यक्रम महत्वपूर्ण हुने बताए ।
सहयात्रा ग्रुपका सदस्य मुकुन्द भण्डारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका छन् ।
कार्यक्रमअघि नेपाल रेडक्रस सोसाइटी खुदुनाबारी उपशाखाको तर्फबाट सोही बिद्यालयका ६१ जना बिद्यार्थीहरुलाई शैक्षिक र सरसफाई सामग्री प्रदान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट २ जना शिक्षक र एकजना बिद्यालयका कर्मचारीलाई पुरस्कार वितरण गरिएको थियो ।