१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पहिचानवादीको आन्दोलनमा कांग्रेसको साथ छ : कोइराला



मोरङ-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वमा भइरहेको पहिचानवादीको आन्दोलन जायज भएको बताएका छन् । मङ्गलबार नेपाल लोकतान्त्रिक आदिवासी महासङ्घ सुन्दर हरैँचाको प्रथम नगर अधिवेशनको उद्घाटन गर्दै कांग्रेस नेता कोइरालाले यस्तो धारणा व्यक्त गरेका हुन् ।

कोशी प्रदेशमा जारी पहिचानवादीको आन्दोलनमा नेपाली कांग्रेसको साथ रहेको नेता कोइरालाले बताए ‌। पहिचानवादीको पक्षमा संवाद गर्न तयार रहेको जनाउँदै कोइरालाले सह अस्तित्वको लडाईँमा साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेशको नामकरणको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिप्रति भने नेता कोइरालाले कडा आपत्ति व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार ००:००  ९ : १३ बजे