१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

हात्तीको आक्रमणमा परी झापाको धुलाबारीमा महिलाको मृत्यु



मेचीनगर-हात्तीकाे आक्रमणमा परी झापाकाे धुलाबारीमा आज बिहान एक जना महिलाको मृत्यु भएको छ । मेचीनगर-१० महानन्द टाेलमा बस्दैआएकी ८० वर्षीया पन्ना देवी साह मृत्यु भएको हो ।

दैनिक पूजाका लागि घर बाहिर निस्किएकी साहकाे बिहान ५ बजे हात्तीको आक्रमणमा मृत्यु भएको वडाध्यक्ष नारायण खनालले जानकारी दिए । भारत स्थायी घर भएकी पन्नादेवी एक वर्षअघिदेखि छाेरी वसन्ती साहसँग बस्दै आएकी थिइन् ।

एकसाता अघि १२ असारमा पनि हात्तीको आक्रमणमा झापाको भद्रपुर–७ का ५३ वर्षीय गिरेन कर्मकारले देउनिया खोला उत्तर चिया बगान नजिकै ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार ००:००  ७ : ३० बजे