१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

डीएसपी राईविरुद्ध बलात्कार आरोपमा उजुरी



झापा-सप्तरीको कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी दीपक राईमाथि बलात्कारको आरोप लागेको छ ।

प्रहरी थुनामा परेका बेला ६ चैतमा डीएसपी राईले आफूलाई बलात्कार गरेको भन्दै एक महिलाले बुधबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा लिखित उजुरी दिएकी छिन्  ।

कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका बेला हिरासतमै प्रहरी अधिकृतबाट आफूमाथि बलात्कार भएको र यातना दिइएको उजुरीमा उल्लेख छ । उजुरीमा ती महिलाले गत ६ चैतको राति आफूमाथि दुईपटक बलात्कार भएको उल्लेख गरेकी छिन् ।

उजुरीमा उल्लेख गरिएअनुसार नाम थाहा नभएका एक प्रहरीले सोधपुछका लागि हाकिमले बोलाएको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी राईकहाँ पुर्‍याएका थिए ।

त्यसपछि मादक पदार्थ सेवन गरेर बसेका डीएसपीले कुटपिट गरी मुख थुनी बोल्न कराउन नदिई जबर्जस्ती करणी गरेको समाचार नयाँ पत्रिकाले लेखेको छ ।

सोही राति पुनः हिरासत कक्षबाट कार्यकक्षमा लगेर दोस्रोपटक बलात्कार गरेपश्चात् डीएसपी राईले कसैलाई भने २० वर्षसम्म जेलमा सडाइदिने धाक–धम्की दिएको उजुरीमा उल्लेख छ ।

डीएसपी राईले भने आफूमाथि लगाइएको आरोप निराधार भएको दाबी गरेका छन् । ‘एउटा कुनै घटनाको अनुसन्धान गर्दा यस्तो आरोप लगाइन्छ भने भोलि अरू घटनाका अनुसन्धान प्रहरीले कसरी गर्न सक्ला ? ममाथि निराधार आरोप लगाइएको छ’, उनले भने ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार ००:००  ७ : ४४ बजे