बिर्तामोड-झापामा डेंगु संक्रमणका कारण थप एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भई झापाको बिर्तामोडमा बस्दै आएकी महिला रहेको जनाइएको छ ।
भारतको सिलगुडी लैजाँदै गर्दा बाटैमा ती महिलाको मृत्यु भएको हो । योसँगै झापामा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या छ पुगेको छ । बिर्तामोडमा मात्रै तीन जनाले ज्यान गुमाएका छन् ।