७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु



तेह्रथुम-तीव्र गतिको मोटरसाइकल अनियन्त्रित हुँदा तेह्रथुमको म्याङलुङमा आइतबार साँझ दुई युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याङलुङ नगरपालिका ८ का २५ वर्षीय सविन लिम्बू र मोटरसाइकल चालक २२ वर्षीय संगम तामाङ रहेका छन् ।

म्याङलुङ बजारबाट जिरिखिम्ती जाने क्रममा उनीहरु दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विद्यासागर मेहताले बताए । उनीहरु को १४ प ८९२ नम्बरको मोटरसाइकलमा सवार थिए ।

प्रहरीका अनुसार साँझ ५ः३० बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते दुवैको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार ००:००  ८ : २० बजे