१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

सर्लाही सदरमुकाम मलंगवा क्षेत्रमा कर्फ्यु



झापा– जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । शनिबार अपरान्ह ५ बजेदेखि आइतबार विहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले कृष्ण अष्टमीको मूर्ति बिसर्जनका क्रममा दुई समुदायबीच उत्पन्न तनाव बढ्न नदिन कर्फ्यु आदेश जारी गरेको बताए ।

शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जनका क्रममा मलंगवाको पुरानो बसपार्क क्षेत्रमा दुई समुदायबीच झडप भएको थियो ।

शनिबार दिउँसो पनि झडपका घटना भएको र रातिको समयमा बढ्न सक्ने देखिएर पूर्वसावधानी अपनाएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार ००:००  ५ : २५ बजे