१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

विदेशमा रहेका नेपालीलाई मताधिकार : निर्वाचन कानुनमा समेटियो ‘नाे भोट’ को व्यवस्था



झापा– निर्वाचन आयोगले एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार पारेको छ । विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने गरी आयोगले निर्वाचन कानुनको मस्यौदा तयार पारेको हो ।

निर्वाचन आयोगले मस्यौदामा नाे भाेट लगायतका प्रावधानलाई पनि समेटेको छ ‌‌। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले निर्वाचन कानुनको मस्यौदा सरकारलाई पठाउने तयारी भएको बताए ।

मस्यौदामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दिँदा दलहरुले ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य उठाउनुपर्ने व्यवस्था पनि समावेश गरिएको छ ‌‌।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार ००:००  ९ : १७ बजे