१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

११ महिनामा नेपाल भित्रिए नौ लाख विदेशी पर्यटक



झापा-सन् २०२३ को ११ महिनामा नौलाख भन्दाबढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जनवरीदेखि नोभेम्बरसम्म नौ लाख १८ हजार तीन सय आठ जना विदेशी पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ ।

नोभेम्बरमा मात्रै एक लाख आठ हजार छ सय ३० जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो महिना अक्टोबरमा हालसम्मकै बढी एक लाख १७ हजार तीन सय छ जना पर्यटक नेपाल भित्रिएका थिए ।

नेपालमा बर्सेनि ठूलो संख्यामा विदेशी पर्यटक भित्र्याउने र आम्दानीको स्रोत बढाउँदै लैजाने सरकारको नीति छ । आफ्नो घोषित नीति अनुसार सरकारले सन् २०२३ मा १० लाख बिदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार ००:००  ७ : १० बजे