१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

साहित्य चौतारीको भवन बनाउन जग्गा खरिद



बिर्तामोड-साहित्य चौतारी झापाले भवन निर्माणका लागि जग्गा खरीद प्रक्रिया अगाडि बढाएको छ । झापाको अर्जुनधारा–११ बुट्टावारीमा जग्गा किन्न लागिएको साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताए ।

भवन निर्माण प्रयोजनका लागि शनिवार साहित्य चौतारीले जग्गाको बैनाबापत पाँच लाख रुपैयाँको चेक सम्वन्धित धनीलाई हस्तान्तरण गरेको छ । चौतारीले १० धुर जग्गा किन्न लागेको संरक्षक श्रेष्ठले बताए ।

२०५६ सालमा स्थापना भएर हाल रजत वर्ष मनाइरहेको साहित्य चौतारीले होटल हिकोला हेरिटेजको सभाहलमा मासिक सांगीतिक काव्यसभा गर्दै आएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार ००:००  ९ : २३ बजे