१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नेकपा एमालेद्वारा प्रादेशिक तहका अधिवेशनको मिति तय



झापा- नेकपा एमालेले प्रादेशिक तहका अधिवेशनको मिति तय गरेको छ । सोमवार बसेको सचिवालय बैठकले आगामी असोजभित्र सक्ने गरी प्रदेश अधिवेशनको मिति टुङ्गो लगाएको हो ।

बैठकले उपत्यका विशेष प्रदेशसहित आठ वटै प्रदेशको अधिवेशनको मिति तोकेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । उनका अनुसार पहिलो प्रदेश अधिवेशन लुम्विनीमा भदौ १६ र १७ गते हुनेछ ।

मधेश प्रदेशमा असोज ५ र ६ गते, बागमती प्रदेशमा असोज ८ र ९ गते अधिवेशन तय भएको छ । असोज १० र ११ गते कर्णाली प्रदेशको अधिवेशन हुनेछ । असोज १२ र १३ गते कोसी प्रदेशको अधिवेशन तोकिएको छ ।

गण्डकीको असोज १५ र १६ गते, उपत्यका विशेष प्रदेशको असोज १९ र २० गते र सुदूरपश्चिम प्रदेशको असोज २१ र २२ गते अधिवेशन तोकिएको उपमहासचिव ज्ञवालीले बताए ।

प्रदेश अधिवेशनका लागि प्रतिनिधि भने पालिकास्तरबाट चयन हुने र कम्तीमा एक तिहाइ युवा सहभागी गराउने एमालेको योजना छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार ००:००  ८ : ४५ बजे