१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

मानव बेचबिखनमा संलग्न भएको अभियोगमा प्रहरी जवान पक्राउ



झापा– मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना प्रहरी पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले मानव तस्करीमा तामाङको ‘कनेक्सन’ देखिएकाले आवश्यक अनुसन्धानका लागि पक्राउ गरिएको बताए ।

प्रहरी जवान तामाङसँगै अर्का एक व्यक्ति समेत पक्राउ परेका छन् । मानव बेचबिखनको गिरोहसँग मिलेर नक्कली कागजात बनाउने र भ्रमण भिसामा नागरिकलाई विदेश पठाउने कार्यमा तामाङको संलग्नता देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार ००:००  ८ : ०१ बजे