७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

साना निर्माणकर्मी संघको अध्यक्षमा राजवंशी



बिर्तामोड-साना निर्माणकर्मी संघ झापाको अध्यक्षमा पुनः केदार राजवंशी निर्वाचित भएका छन् । संघको बिहीवार भएको तेस्रो अधिवेशन तथा पाँचौ साधारणसभाले राजवंशीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा धनकुमार राई, उपाध्यक्ष नितानन्द राजवंशी, सचिव रञ्जन साह, सहसचिव मोतीलाल चौधरी तथा कोषाध्यक्षमा दन्तलाल राजवंशी रहेका छन् ।

सदस्यहरुमा मोहम्मद सादिक मिया, थुपु राजवंशी, दीया चौधरी, नवलकिशोर साह, रामलाल राजवंशी, पोलास राजवंशी, थिता राजवंशी रहेका छन् ।

राजु राजवंशी प्रमुख सल्लाहकार रहेको सल्लाहकार समितिसमेत गठन भएको छ । जसमा कृष्णप्रसाद भट्टराई, इसुफ मिया, प्रेमप्रसाद राजवंशी, पदमप्रसाद सुवेदी र इन्द्रसिंह राजवंशी रहेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले निर्माण कार्यमा खटिने निर्माणकर्मीहरुको क्षमता अभिबृद्धि गरिनु पर्नेमा जोड दिए ।

उपप्रमुख संग्रौलाले घरधनी र ठेकेदारबीच लिखित सम्झौता नहुँदा समस्या आउने भएकाले वडा कार्यालयमा लिखित सम्झौता गरेर मात्र ठेक्कापट्टा गर्न सुझाव दिए ।

विशेष अतिथि बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्माले निर्माणकर्मीहरुलाई सानो र ठूलो भनेर विभेद गर्न नहुने बताए । अर्का विशेष अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक उमेश खरेलले पेशागत रुपमा स्वतन्त्र रहन चाहने साना निर्माणकर्मी संघका निर्माणकर्मीहरुलाई राजनीतिमा धकेल्न नहुने बताए ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका बिर्तामोड संयोजक शम्भु भण्डारीले पनि शुभकामना मन्तव्य राखेका थिए । संघका अध्यक्ष केदार राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्षको सांगठनिक प्रतिवेदन सचिव रञ्जन साहले प्रस्तुत गरेका थिए ।

संघका सल्लाहकार तथा प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन कृष्णप्रसाद भट्टराईले गरेका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार ००:००  ८ : ०३ बजे