१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

करेन्ट लागेर एक बालकको मृत्यु



इटहरी- सुनसरीको दुहवी नगरपालिका वडा नम्बर २ मा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन वर्षीया दिनेश साह छन् ।

सिटी सफारीमा खेल्ने क्रममा करेन्ट लागेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईले बताए ।

घाइते बालकको उपचारको क्रममा बिराट टिचिङ हस्पिटल विराटनगरमा मृत्यु भएको हो ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार ००:००  २ : ३५ बजे