१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

झापाबाट सुरु भयो कांग्रेस महामन्त्री थापाको संवाद यात्रा



भद्रपुर-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झापाबाट संवाद यात्राको थालनी गरेका छन् । शनिबार बिहानदेखि झापाको भद्रपुरस्थित मेची पुलबाट महामन्त्री थापाको संवाद यात्रा प्रारम्भ भएको हो ।

संवाद यात्रामा महामन्त्री विश्वप्रकाश शर्मा, नेता कृष्णप्रसाद सिटौला र प्रदीप पौडेल पनि सहभागी भएका छन् । हुलाकी राजमार्ग वरपरका क्षेत्रमा संवाद यात्रा गर्ने पूर्व निर्धारित कार्यक्रम अनुसार थापाले यसको सुरुवात गरेका हुन् ।

हुलाकी राजमार्ग वरपर पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म संवाद यात्रा सञ्चालन हुनेछ । माघ २६ गते यात्रा सकिने महामन्त्री थापाले बताए । यसअघि नेपाली कांग्रेसले शुक्रबारदेखि समुदायमा कांग्रेस अभियान सुरु गरेको थियो ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार ००:००  ९ : ४० बजे