इलाम–इलाममा एक जनाको हत्या भएको छ । इलाम नगरपालिका ९ का ५२ वर्षीय रविन भन्ने रेशमराज राईको हत्या शनिवार हत्या भएको हो ।
राईको हत्याको अभियोगमा प्रहरीले सोही ठाउँका २९ वर्षीय पदमबहादुर तामाङलाई पक्राउ गरेको छ । राईको परिवारले दिएको किटानी जाहेरीका आधारमा तामाङ पक्राउ परेका हुन् ।
शनिवार गायोडाँडा लामेदुहाली कुलोमा राईको शव शंकास्पद अवस्थामा फेला परेको थियो । प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुले घटना कर्तव्य ज्यान देखिएकाले अनुसन्धान अगाडि बढाइएको बताए ।